वैदेशिक सहयोग समन्वय शाखा
वैदेशिक सहयोग समन्वय शाखाको कार्यविवरण देहायबमोजिम रहेको छः
- वैदेशिक सहयोग सम्बन्धमा नीतिगत अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने,
- वैदेशिक सहायता वा प्राविधिक सहयोगबाट प्राप्त सामानहरूको हस्तान्तरण सम्बन्धी नीति बनाउने,
- मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
- अन्तर्राष्ट्रिय दातृ निकायहरुसंग समन्वय गर्ने,
- अर्थ मन्त्रालयसँग समन्वय गरी स्थानीय विकासको लागि वैदेशिक सहयोग नीति र प्राथमिकता तय गर्ने,
- परियोजना (Project) हरूको प्राथमिकता निर्धारण गर्ने,
- वैदेशिक सहायताको Sector Wide Approach को संस्थागत विकास,
- स्थानीय विकाससंग सम्बन्धित Foreign Aid Policy को कार्यान्वयन गर्ने,
- वैदेशिक सहायताको प्राविधिक सहयोग TA को व्यवस्थापन गर्ने र
- वैदेशिक सहायताका लागि Project Bank निर्माण गर्ने ।